-
काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपालले आउने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
इण्डियन एयरलाइन्सको जहाजबाट ११ः५५ मा काठमाडौँ आउन लागेका जयशंकर २ बजे प्रधानमन्त्री अोलीलाई बालुवाटारमा भेट्ने जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर शुरुमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर मात्र आयोगको बैठकमा जाने बताइएको छ । यद्यपी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको तर आयोगको बैठक अघि वा पछि भेट्ने त्यो आफ्नो जानकारीमा नरहेको बताए ।
आयोगको बैठक ३–६ बजेसम्म रहेको छ । बैठकमा दुई देशबीचको सम्बन्ध, विकास निर्माण, सन्धी सम्झौता लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा इपजीको विषयमा नेपालको तर्फबाट विशेष रुपमा कुरा उठाउने बताइएको छ ।
यद्यपी यी विषयमा छलफल हुनुअघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग परामर्श गर्न लागेको बताइएको छ ।
News Desk 0 response बुधबार, भदौ ४, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
