-
चितवन, भाद्र ३ – पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा बनाएको डाइभर्सन बाढिले बगाएर बन्द भएको बाटो एक तर्फी सन्चालन भएको छ । बाढीले बगाएेको डाइभर्सन गए राती बने पछी बाटो एक तर्फी रुपमा सन्चालनमा आएको ईलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।
गए राती १२:३० बजेबाट बाटो एक तर्फी सन्चालन भएको हो । दुबै तिरबाट पालै पालो १-१ घण्टा गरी गाडी पास गराइको प्रहरीले जनाएको छ । केही आइतबार देखी बाटो अबरुद्द हुँदा जाम रहेकोले सहज हुन भने अझै डेढ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
आइतबार साँझ अरुणखोलामा बनाएको डाइभर्सन बाढीले बगाए पछी पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । डाइभर्सन बगेपछि बुटवल हुँदै पश्चिम जाने र पूर्वतर्फ आउने सवारी साधन र यात्रु अलपत्र परेका परेका थिए ।पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । ना ६ ख ४७१ नम्बर ट्रकको ठक्करबाट पुल भाँचिए पछी ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए ।
News Desk 0 response मङ्लबार, भदौ ३, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
