34

  • काठमाडौँ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ ।

    अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई मेन्सद गर्दै आफूलाई अमेरिकाले भिषा नदिएको आश्चर्य मान्दै मेन्सन गरेर ट्वीट गरेका थिए । 

    क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो । रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो । 

    दूतावासले भिषा दिएपछि लामिछानेले धन्यवाद समेत दिएका छन् । 

    सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।

    क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।

    सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताएका थिए । 

    Sandeep Lamichhane@IamSandeep25

    Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents6642:27 PM – Aug 13, 2019 · NepalTwitter Ads info and privacy161 people are talking about this


45