-
जारी विश्वकपमा सोमबार दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल वर्षाका कारण रद्ध भएको छ।
खेल ७.३ ओभरमा पुगेपछि रोकिएको हो।
वर्षाले खेल रोकिदा जारी विश्वकपमा निरन्तर खराब प्रदर्शन गरिरहेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा २९ रन बनाएको थियो।
यसक्रममा दक्षिण अफ्रिकाका हसिम अम्ला ६ र एडेन मार्कराम पाँच रन बनाएर आउट भएका थिए भने वेष्ट इण्डिजका शेल्डन कोट्रेजले दुई विकेट लिएका थिए।
खेल रद्ध भएका कारण दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रामा गम्भीर धक्का लागेको छ। चार खेलमा उसले ३ मा हार बेहोरेको थियो भने हिजोको खेलमा अंक बाड्नुपरेपछि यस्तो भएको हो।
राउण्ड रोविनका आधारमा उत्कृष्ट ४ टोली सेमिफाइनल जाने यस विश्वकपमा दक्षिण अफ्रिका अंकतालिकाको ९ औं स्थानमा रहेको छ।
खेल रोकिएसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन्।
News Desk 0 response मङ्लबार, जेष्ठ २८, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
