-
जेष्ठ २७ – एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गत मुख्य दुई उपाधी दाबेदार टोलीहरुको भिडन्तमा भारतले बाजी मारेको छ । विश्वकप अन्तर्गत गए राती सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई पराजित गर्यो । विश्वकपमा लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गर्यो ।
केनिङटन ओभलमा भारतले दिएको ३ सय ५३ रनको बिशाल लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा १० विकेट गुमाउदै ३१६ रन मात्र बनायो । अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए ।एलेक्स ५५ रनमा अविजित रहे । यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए ।भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान ३-३ विकेट हात पारे ।
यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए । त्यसअघी टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ५० ओभर खेल्दै ५ विकेट गुमाउदै ३ सय ५२ रन बनाएको थियो ।भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठूलो स्कोर हो । भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ् खेले । धवनले १ सय ९ बलमा १६ चौकासहित १ सय १७ रन बनाए ।
कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए । हार्दिक पाण्ड्याले ४८ रन जोडे ।यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए । अष्ट्रेलियाका मार्कस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कमिन्स, मिचेल स्टार्क र नाथन कोल्टर नाइलले एक एक विकेट लिए ।यो सँगै ५ पटकको विश्व बिजेता अष्ट्रेलियाले जारी विश्वकपमा पहिलो हार व्यहोरेको छ । अष्ट्रेलियाले वेष्ट इण्डिज र अफगानिस्तानलाई पराजित गरेको थियो । भारतले भने पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
News Desk 0 response सोमवार, जेष्ठ २७, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
