-
जेष्ठ २५ – कोपा अमेरिका अघीको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित हात पारेको छ । कोपा अमेरिका नजिकिदै गर्दा निकारागुआ बिरुद्दको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ५-१ को सहज जित हात पारेको हो ।अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसी र लौतारो मार्टिनेजले समान २ तथा रोबर्टो परेराले १ गोल गरे ।
मेसीले खेलको ३७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । जिओभानी लो सेल्सोको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै मेसीले तीन डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरे । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपे । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले गोल गरेका थिए ।
दोस्रो हाफमा अगुएरो र मेसीको स्थानमा मार्टिनेज र पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । ६३ औं मिनेटमा मार्टिनेजले कर्नरमा आएको बललाई नियन्त्रणमा लिँदै गोल गरे । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल थपे । कर्नरमा आएको बललाई उत्कृष्ट हाफ भली प्रहार गर्दै उनले अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए ।
खेलको ९ मिनेट समय बाँकी रहँदा परेराले अर्जेन्टिनालाई ५-० ले अगाडी बढाए । विङ्बाट आएको क्रसलाई मार्टिनेजले गोलको दिशा दिन नसक्दा फार पोस्टमा रहेका परेराले गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकारागुआले पेनाल्टीमा गोल फर्कायो । डिफेन्डर निकोलस ओटामेन्डीले ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी बरेराले सदुपयोग गर्दै सान्त्वना गोल गरे ।एजेन्सी
News Desk 0 response शनिबार, जेष्ठ २५, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
