-
जेष्ठ १५ – एक दिवसिय विश्वकपको लागि भएको अभ्यास खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको छ । ब्रिस्टलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड माथि ९१ रनको सहज जित हात पार्यो ।वेस्ट इन्डिजले दिएको ४ सय २२ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड ४७.२ ओभरमा ३ सय ३० रनमा समेटियो ।
न्युजिल्यान्डका टम ब्लन्डेलले १०६ रनको शतक प्रहार गरे पनि टोलीको हार भने टार्न सकेनन् । उनले ८९ बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।त्यस्तै कप्तान केन विलियम्सनले ८५ रन बनाए । उनले ६४ बलमा ११ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यान भने खास्सै चल्न सकेनन् । कोलिन डी ग्राण्डहोमले २३,जेम्स निशमले २०,मिचेल सान्टनरले १९ रन बनाए ।
वेस्ट इन्डिजका कार्लोस वर्थवेटले ३ विकेट लिए भने फविएन एलिनले २,सिल्डन कर्टेल,किमर रोच,ओशन थोमस र एलशे नर्शलेले समान १-१ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४९.२ ओभरमा ४२१ रन बनाएर अलआउट भयो ।वेस्ट इन्डिजका शाई होपले शतक प्रहार गरे । उनले ८६ बलमा ९ चौका र ४ छक्का सहित १ सय १ रन बनाए।
आन्द्रे रसेल ५४ रन बनाए । उनले २५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।त्यस्तै इभिन लुईसले ५०,जोसन होल्डर ४७, क्रिस गेलले ३६, शिम्ररोन हिटमायर २७ तथा डरेन ब्राभोले २५ रन बनाए ।न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए भने म्याट हेनरीले २,जेम्श निशम र मिचेल सान्टनरले समान १ विकेट लिए ।एजेन्सी
News Desk 0 response बुधबार, जेष्ठ १५, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
