-
१९ वैशाख, काठमाडौं । सरकारले सडक विस्तारका क्रममा घरधनीलाई मुआब्जा नदिई घर भत्काउन नपाउने भएको छ ।
मुआब्जा दिएर मात्र घर भत्काउन दिएको आदेश खारेज गर्न माग गर्दै सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चको बहृत पूर्ण इजलासले खारेज गरेको छ । यससँगै सडक विस्तार चुनौतीपूर्ण बनेको छ ।
सडक विस्तार पीडित’ ले २०७४ सालमा सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले मुआब्जा नदिइकन घर भत्काउन नमिल्ने फैसला गरेको थियो । त्यसविरुद्ध उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले पुनरावलोकन (भ्याकेट) को लागि निवेदन दिए ।
तर न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको वृहत पूर्ण इजलासले पुनरावलोकनको निवेदन नै खारेज गरेको छ ।
अब विवादित क्षेत्रमा सडक विस्तार गर्नै नसक्ने अवस्था आउने काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त तिवारीले बताए । ‘अब विवाद नभएका क्षेत्रमा मात्रै सडक विस्तार गर्न सकिन्छ, फैसलाअनुसार सबैलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराएर सरकारले सडक विस्तार गर्न सक्ने अवस्था छैन,’ तिवारीले अनलाइनखबरसँग भने, ‘अब नागरिकले आफैंले घर भत्काएर सघाए मात्रै नयाँ ठाउँमा सडक विस्तार हुन सम्भव छ ।’
सर्वोच्चको फैसलाअनुसार कलंकी–नागढुंगासहित सडक विस्तार भइरहेका क्षेत्रमा मात्र ५० अर्ब मुआब्जा बाँड्नुपर्ने प्राधिकरणको दाबी छ ।
प्राधिकरणका आयुक्त तिवारी भन्छन्, ‘आगामी बर्ष हामीलाई ५२ करोडको बजेट सिलिङ प्राप्त भएको छ । त्यसले सडक विस्तारदेखि नयाँ शहरमा समेत काम गर्नुपर्छ । अर्बौं-अर्ब कहाँबाट ल्याउने ?’
सर्वोच्चको फैसलाले सरकारले तोकेको सडक सीमाभित्रै जानीजानी मिचेर बनाइएका घरहरुलाई समेत क्षतिपूर्ति दिनुपर्ने अवस्था आएको तिवारी बताउँछन् । अब सरकारले सडक विस्तारका लागि नापजाँच गर्न फिल्डमा जानुअघि नै मुआब्जा तोकिसक्नुपर्छ ।
News Desk 0 response बिहिबार, बैशाख १९, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
