-
काठमाडौं, वैशाख १९ – नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको छ । बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो ।
युवकको परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु नै भएको पुष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएका छ । स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बर्ड फ्लुबाट पहिलो पटक नेपालीको मृत्यु भएको जानकारी दिइन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । मृतक युवकको नाम भने खुलाइएको छैन ।
News Desk 0 response बिहिबार, बैशाख १९, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
