-
बैशाख ११ – डिपोर्टिभो आलाभेसलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधी नजिक पुगेको छ । गए राती सम्पन्न खेलमा शिर्ष स्थानको बार्सिलोनाले आठौं स्थानको आलाभेसलाई उसकै मैदानमा २-० ले पराजित गरेको हो । यो जित सँगै बार्सिलोना उपाधी नजिक पुगेको छ । लिगमा अझै ४ खेल खेल्न बाँकी रहदा बार्सिलोनालाई उपाधी जित्न केबल ३ अंक नै काफी रहेको छ । तर आज हुने एथ्लेटिको मड्रिड भ्यालेन्सिया सँग पराजित भएको खण्डमा भने बार्सिलोना ४ खेल अगावै लिग च्याम्पियन बन्ने छ ।
गए राती भएको खेलमा बार्सिलोनाले आलाभेसलाई शुरुवात देखी नै निकै दबाबमा राखेको थियो । बार्सिलोनाको जितमा कार्लेस एलेना र लुइस स्वारेजले गोल गरे । पहिलो हाफको खेल भने गोल रहित बराबरीमा सकिएको थियो ।
बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५४ औं मिनेटमा एलेनाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले सर्जी रोबेर्टोको पासमा गोल गरे । ५९ औं मिनेटमा उम्टिटीले गोल गरे पनि आलाभेसको खेलाडीको ह्याण्ड भएको भन्दै भिएआरले त्यसलाई मान्यता नदिई बार्सिलोनालाई पेनाल्टी दियो । प्राप्त अवसरमा स्वारेजले गोलमा परिणत गरे पछी बार्सिलोन २-० ले बिजयी भयो ।
जित पछी बार्सिलोनाको ३४ खेलबाट ८० अंक भएको छ । अब एक मात्र जित हात पारे बार्सिलोना लिग च्याम्पियन बन्नेछ । दोस्रो स्थानको एथ्लएटिकोको ३३ खेलबाट ६८ अंक रहेको छ । पराजित भएको आलाभेस भने ३५ खेलबाट ४६ अंकका साथ आठौं स्थानमा रहेको छ ।एजेन्सी
News Desk 0 response बुधबार, बैशाख ११, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
