-
एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा मुम्बईले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ४० रनले हरायो । यस खेलमा दिल्लीले सन्दीपलाई खेलाएन ।
एक सय ६९ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २८ रन मात्र बनायो । दिल्लीका लागि ओपनर शिखर धवनले ३५ रन बनाए । अक्षर पटेलले २६, पृथ्वी शले २० र क्रिस मोरिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
बलिङमा मुम्बईका युवा लेग स्पिनर राहुल चाहरले तीन विकेट लिए । जसप्रित बुमराहले दुई तथा लाथिस मलिङ्गा, कुर्नाल पाण्ड्या र हार्दिक पाण्ड्याले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । मुम्बईका लागि कुर्नाल पाण्ड्याले अविजित ३७ रन बनाए । क्वीनटन डी ककले ३५, हार्दिक पाण्ड्याले ३२, कप्तान रोहित शर्माले ३० र सुर्य कुमार यादवले २६ रन बनाए ।
बलिङमा दिल्लीका कागिसो रावडाले दुई विकेट लिए । अमित मिश्रा र अक्षर पटेल एक एक विकेट झारेका थिए । जितसँगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले नौ खेलबाट १२ अंक बनाएको छ । १० अंक बनाएको दिल्ली तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सको १४ अंक छ ।
News Desk 0 response शुक्रबार, बैशाख ६, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
