-
चैत्र २० – स्पेनिस ला लिगा अन्तर्गत गए राती सम्पन्न बार्सिलोना र भिल्लारियल बिचको खेलमा नाटकिय नतिजा निस्किएको छ । बार्सिलोना र भिल्लारियल बिचको निकै रोमान्चक खेल ४-४ को बराबरीमा सकिएको छ । मुख्य खेलाडीलाई आरम दिएर मैदान उत्रिएको बार्सिलोनाले राम्रो शुरुवात गरेको थियो ।
भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा एक समय बार्सिलोना हाबी भएको थियो । सुरुवाती १६ मिनेट भित्र नै बार्सिलोनाले दोहोरो अग्रता बनाएको थियो । त्यस पछी खेलमा भिल्लारियल हाबी भयो । दोस्रो हाफमा भिल्लारियलले उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोना बिरुद्द नाटकिय रुपमा ४-२ को अग्रता लियो । तर अन्तिम ३ मिनेट उसले बार्सिलोनालाई रोक्न सकेन र बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरे पछी खेल बराबरीमा सकियो ।
बार्सिलोनाले खेलको १२ औं मिनेटमा फिलिपे कौटिन्होको गोलबाट शुरुवाती अग्रता लिएको थियो । उनले माल्कमको पासमा गोल गरेका थिए । १६ औं मिनेटमा माल्कमले गोल गर्दै अग्रता दोब्बर बनाए । शुरुवाती केही मिनेटको खेल हेर्दा बार्सिलोना पुरै हाबी हुने अनुमान गरिएको थियो । तर २-० ले पछी परेको अवस्थाबाट पनि भिल्लारियलले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको २३ औं मिनेटमा भिल्लारियलले बार्सिलोनाको अग्रता २-१ मा झार्यो । बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउदै स्यामुएल चुक्वेजेले भिल्लारियलको लागि पहिलो गोल गरे । पहिलो हाफको खेल २-१ मा सकियो ।
दोस्रो हाफमा भिल्लारियलले उत्कृष्ट कमब्याक गर्यो । खेलको ५० औं मिनेटमा कार्ल एकाम्बीले गोल गर्दै खेल २-२ को बराबरीमा पुराए । ६२ औं मिनेटमा भिसेन्ट इबोर्राले गोल गरेपछी भिलारियलले बार्सिलोना सँग पछी परेको अवस्था उल्टाउदै ३-२ को अग्रता बनायो । खेल सकिन १० मिनेट बाँकी रहदा भिल्लारियलले अग्रता लम्बायो । ८० औं मिनेटमा कार्लोस बाकाले गोल गरेपछी भिल्लारियलले खेलमा नाटकिय रुपमा ४-२ को अग्रता बनायो ।८६ औं मिनेटमा भिल्लारियल १० खेलाडीमा सिमित भयो । डिन्फेन्डर अल्भारो गोन्जालेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पछी भिल्लारियल १० खेलाडीमा सिमित भयो । खेल हातबाट फुत्किसकेको अवस्थामा अन्तिम ३ मिनेटमा बार्सिलोनाले नाटकिय पुनरागमन गर्यो । उसलाई हारिसकेको खेलबाट जोगिन अन्तिम ३ मिनेटनै काफी भयो ।
नियमित समयको अन्तिम मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीले फ्रिकिक मार्फत उत्कृष्ट गोलो गरे । बार्सिलोनाका फर्वार्ड लुइस स्वारेजलाई भिल्लारियलका डिफेन्डरले डि बक्स एरिया नजिकै फल गरे पछी रेफ्रीले फ्रिकिक दिएका थिए । प्राप्त फ्रिकिकलाई मेस्सीले उत्कृष्ट गोलमा परिणत गर्दै खेल ४-३ मा पुराए । इन्जुरी समयको अन्तिम केही सेकेन्ड बाँकी रहदा स्वारेजले २० यार्ड परबाट उत्कृष्ट गोल गरेपछी बार्सिलोनाले खेलमा नाटकिय कमब्याक गर्यो ।
बराबरी पछी शिर्ष स्थानमा रहेको बार्सिलोनाको ३० खेलबाट ७० अंक भएको छ । उता भिल्लारियल भने १७ औं स्थानमा यथावत रहेको छ । उसको समान ३० खेलबाट ३० अंक भएको छ ।
News Desk 0 response बुधबार, चैत्र २०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
