-
चैत्र २० – टोकीयो ओलम्पिक २०२० एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपाल र आयोजक म्यानमार बिच खेल हुँदैछ । समुह ‘ए’ मा रहेका नेपाल र म्यानमार आज भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार सवाँ ५ बजे सुरु हुनेछ ।नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया रहेका छन् ।
नेपाल र म्यानमार बिच पछिल्लो समय तीन पटक भेट भएको छ । जसमा पल्ला म्यानमारको भारी रहेको छ । नेपालले पहिलो चरणमा म्यानमारलाई १-१ को बराबरीमा रोकेको थियो । तर त्यसपछि हिरो गोल्डकपको दुवै खेलमा भने नेपाल म्यान्मार सँग पराजित भएको थियो । दोस्रो चरणको छनोटबाट एक टोली मात्र अगाडी बढ्ने भएकोले यस खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।
नेपाल गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा समूहको उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा स्थान बनाएको सफल भएको थियो । छनोटमा अपराजित रहेको नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ को बराबरी खेलेको थियो ।साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।
News Desk 0 response बुधबार, चैत्र २०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
