-
चैत्र १९ – न्युक्यासललाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा आर्सनलले न्यु क्यासललाई २-० ले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन आरोन राम्से र एलेक्जेन्डर लाकाजेटले गोल गरे । शुरुवात देखी नै न्युक्यासललाई निकै दबाबमा राखेको आर्सनलले खेलको ३० औं मिनेटमा राम्सेको गोलबाट अग्रता लियो । त्यस अघी पनि राम्सेले गोल गरेका थिए तर रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।
खेल सकिन ७ मिनेट बाँकी रहदा आर्सनलले दोस्रो गोल गर्यो । ८३ औं मिनेटमा लाकाजेटले गोल गरेपछी आर्सनल २-० ले बिजयी भयो । जित पछी आर्सनल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३१ खेलबाट ६३ अंक रहेको छ । १ खेल बढी खेलेको न्युक्यासल ३५ अंकका साथ १४ औं स्थानमा रहेको छ ।
तालिकाको शिर्ष स्थानमा लिभरपुल रहेको छ । उसको ३२ खेलबाट ७९ अंक रहेको छ । १ खेल कम खेलेको म्यान्चेस्टर सिटी ७७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । (एजेन्सी)
News Desk 0 response मङ्लबार, चैत्र १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
