-
चैत्र १९ – दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । विश्वका सबै स्पिनरलाई पछाडि छोड्दै सन्दिप टी-२० मा २०१९ को सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् । उनले २०१९ मा अहिले सम्म २७ विकेट लिईसकेका छन् ।
गए राती सम्पन्न किंग्स इलाभेन पन्जाव बिरुद्दको खेलमा २ विकेट लिदै सन्दिपले यो ठुलो सफलता हात परेका हुन् । सन्दिपले पन्जाव बिरुद्द ४ ओभरमा २७ रन दिएर २ महत्वपूर्ण विकेट लिएका थिए । उक्त २ विकेट सँगै उनी २०१९ को सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।
सन्दिपले यो सुचीमा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बंगलादेशका सकिब अल हसनलाई पछाडि पारेका छन् । अफ्रिदीले २६, राशिदले २५ तथा सकिबले २३ विकेट लिएका छन् ।
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए भने यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट हात परेका थिए । यूएईसँगको सिरिजपछि पुन बिग ब्यासमा मेलवर्न स्टार्सबाट खेलेका सन्दिपले ३ विकेट लिए ।
बंगलादेश प्रिमियर लिग खेल्न जानु अघि ४ खेलमा ८ विकेट लिएका थिए ।जस मध्य एक विकेट सन् २०१९ मा थियो । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती २ खेलमा ३ विकेट लिएपछि २७ विकेट लिदै २०१९ मा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।
News Desk 0 response मङ्लबार, चैत्र १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
