• काठमाडौं–प्रधानमनत्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धासुमन व्यक्त गरेका छन् । आइतबार संसदको तेश्रो अधिवेशन समाप्तिको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विभिन्न समयमा दिगंवत भएका जनप्रतिनिधिलाई स्मरण गर्दैै सम्मान ब्यक्त गरे । उनले भने–‘जसले नेपाललाई अन्धकार युगबाट तानाशाही युगबाट संघीय गणतन्त्रको युगमा ल्याए । शान्ति र सुशासनको बाटोमा अघि बढाएकोमा आदर र सम्मान व्यक्त गर्दछु ।’
    उनले सफलताको १ वर्ष, सफलताको ३ वर्ष पूरा गरेको बताएका छन्  । यो बर्ष निकै कठिनाईहरु रहेको, संघीय संविधान बनाएपनि त्यसको कार्यान्वयनको अनुभव अभाव, संघीय संरचानको काम कर्तब्यको अभ्यास, कानुन निर्माण जस्ता विषयबस्तुको समाधान गरेको बताए ।