-
युरो कप छनोटमा इटाली र स्पेनले जित हात पारेको छ । युरो कप छनोटअन्तर्गत गए राती सम्पन्न खेलमा इटालीले फिनल्यान्ड तथा स्पेनले नर्वेलाई पराजित गरेको हो ।
घरेलु मैदानमा भएको समुह ‘जे” को खेलमा इटालीले फिनल्यान्डलाई २-० ले पाखा लगायो । इटालीको जितमा निकोलो बरेल्ला र मोइस किएनले गोल गरे । बारेल्लाले खेलको सातौ मिनेटमा गोल गर्दै इटालीलाई अगर्ता दिलाएका थिए । ७४ औं मिनेटमा किएनले गोल गरेपछी इटाली २-० ले बिजयी भयो ।
गए राती नै सम्पन्न समुह ‘एफ’ को खेलमा स्पेनले नर्वेलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा स्पेनलाई जिताउन रोड्रिगो र कप्तान सर्जियो रामोसले गोल गरे । पाहुना टोलीका लागि जोसुआ किङ्गले गोल गरे ।
खेलमा स्पेनले १६ औं मिनेटमा रोड्रिगोको गोलबाट अग्रता लिएको लिएको थियो । तर ६५ औं मिनेटमा नर्वेले बराबरी गर्यो । उसका लागि जोसुआ किङ्गले पेनाल्टीमा गोल गरे । लगत्तै ७१ औं मिनेटमा स्पेनले पनि पेनाल्टी पायो । प्राप्त अवसरलाई कप्तान रामोसले गोलमा परिणत गरेपछी स्पेन २-१ ले बिजयी भयो ।
गए रातीकै अन्य खेलहरुमा गिब्रल्टार आयरल्याण्ड सँग १-० ले पराजित हुँदा माल्टाले फारो आईल्याण्डलाई तथा स्विडेनले रोमानियालाई समान २-१ गोल अन्तरले नै पराजित गर्यो । ग्रिसले लिक्टेनस्टाइनलाई २-० तथा बोस्निया एण्ड हर्जगोभिनाले अर्मानियालाई २-१ ले पाखा लगायो ।
News Desk 0 response आइतवार, चैत्र १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
