-
अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी तथा पोर्चुगिज स्टार क्रिश्चियानो रोनाल्डोले रसिया विश्वकपपछि पहिलो अन्तराष्ट्रिय म्याच खेल्ने भएका छन्।
मेस्सीले शुक्रबार मड्रिडमा भेनेजुयालाको विरूद्ध मैत्रीपूर्ण म्याच खेल्नेछन् भने रोनाल्डोले युरोकप २०२० को छनौटका लागि युक्रेनविरूद्ध लिस्वनको घरेलु मैदानमा खेल्नेछन्।
विश्वकप यता दुबैले ६ अन्तराष्ट्रिय म्याच गुमाएका छन्।
पोर्चुगल रोनाल्डो बिनानै यस गृष्ममा भएको नेशनस् लिगकोको सेमिफाइनलमा पुगेको थियो। ३५ वर्षिय रोनाल्डोले देशका लागि १५४ खेल खेल्दै ८५ गोल गरेका छन्। उनले २५ मार्चमा सर्वियाविरूद्ध हुने म्याच पनि खेल्ने अनुमान गरिएको छ।
टोलीमा उनको आगमनलाई लिएर डिफेन्डर जोआ कन्सिलोले उत्साह संचार भएको जनाएका छन्।
‘उनीसँग खेल्नु खुशीको कुरा हो। उनी हाम्रा लागि एकदमै महत्वपूर्ण छन्’, उनले भने।
त्यस्तै राष्ट्रिय टोलीका लागि १२८ खेल खेल्दै ६५ गोल गरेका मेस्सी रसिया विश्वकप पछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए। टिममा उनको आगमनलाई लिएर भेनेजुयलाका प्रशिक्षक राफेल डुडामेलले खुशी व्यक्त गरेका छन्।
‘विश्वको उत्कृष्ट खेलाडीको उपस्थितिले खेलको आशालाई अझ माथि उठाएको छ’, राफेलले भने।
News Desk 0 response शुक्रबार, चैत्र ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
