• चैत्र १ – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टोली दिल्ली क्पापिटल्सले भारतका पुर्व कप्तान सौरभ गांगुलीलाई सल्लाहकारमा न्युक्त गरेको छ । दिल्लीले गांगुलीलाई १२ औं सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि सल्लाहकारमा न्युक्त गरेको हो ।

    दिल्लीको सल्लाहकारमा न्युक्त भए पछी गांगुलीले खुशी ब्यक्त गरेका छन् । उनले आफु दिल्लीको टिम सँग काम गर्न उत्साहित रहेको बताएका छन् । दिल्लीले पनि गांगुली जस्तो महान खेलाडीलाई टिमको सल्लाहकारको रुपमा पाउदा खुशी लागेको बताएको छ । उनले मुख्य प्रशिक्षक रिकी पोटिङ्ग सँग काम गर्नेछन् ।

    अहिले सम्म उपाधी जित्न नसकेको दिल्लीलाई यस पटक भने मुख्य दाबेदारमा रुपमा हेरिएको छ । उपाधी जित्ने सोचका साथ दिल्लीले यस पटक टिममा धेरै परिवर्तन गरेको छ । केही समय अघी मात्र दिल्लीले नाम लोगो,जर्सी परिवर्तन गरेको थियो । दिल्लीको टिममा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि रहेका छन् । सन्दिपले गत सिजन पनि दिल्लीबाट नै खेलेका थिए । आईपिएल २३ मार्चबाट सुरु हुनेछ ।
    (एजेन्सी)