-
राैतहट– नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आमसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिए ।
मधेशको मुुद्धामा पार्टीको धारणा र प्रदेश २ मा नेकपामाथि विभिन्न दलद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिन आमसभा आयोजना गरिएको नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभुु साहले बताए ।
साहले रौतहट कम्युनिष्टको आधारक्षेत्र एवम् कर्मभूमिको रुपमा मात्र परिचित नभई प्रधानमन्त्री ओलीसंग जोडिएको सिंगो इतिहाँस रहेकाले रौतहटलाई प्रदेश नम्वर २ को उत्कृष्ट जिल्ला बनाउने पार्टीको धारणा रहेको बताए ।
रौतहटेली जनताले ओलीलाई जिल्लाको दक्षिणीभेग ईनरवारी गाँउ हाल बौधीमाई नगरपालिकामा लामोसमय सम्म सेल्टरको रुपमा राखेकाले पनि उनको एतिहाँसिक कर्मथलो रौतहट भएको शाहले बताए ।२०२८ सालको झापा बिद्रोह पछि ओलीले इनरवारी स्थित एकजना किशान नेता गेना पटेलको घरमा लामोसमय बिताएका थिए ।
पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।
आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।
News Desk 0 response शनिबार, फाल्गुन २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
