• काठमाडौं उपत्यका वरपरका डाँडा हिउँले ढाकिएका छन्। भक्तपुरमा सूर्यविनायक, दुवाकोट, बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल, काठमाडौंको वरिपरिका पहाडी क्षेत्रमा हिउँ परेको छ।

    पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।

    पछिल्लो २४ घन्टामा काठमाडौं १६.२ मिलिमिटर वर्षा भएको छ।

    काठमाडौंमा रातभर नै पानी परेको थियो र बिहिबार तापक्रम अधिक्तम १०देखि १२ डिग्री हुने अनुमान गरिएको छ।

    मौसम विभागले बिहीबार दिउँसो पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले शुक्रबार घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ।