-
थारु आयोग र मधेशी आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइका लागि कार्यसूची तय गरिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो।
१५ सदस्यीय समिति नेपाली कांग्रेसले बहिष्कार गर्दै आएको छ। समितिमा कांग्रेसका चार सदस्य छन्। समितिमा सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र संघीय फोरमका एक/एक सदस्य छन्। बैठक सञ्चालनका लागि बहुमत सदस्य अर्थात् कम्तीमा ८ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था संसदको नियमावलीमा छ।
संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो।
यसअघिको बैठकमा सुनुवाइ भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो। तर बैठक नै स्थगित भएपछि त्यो विषयमा पनि आज निर्णय हुन सकेन।
त्यस्तै, सुनुवाइ समितिले संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम मियाँ अन्सारीको विषयमा छानबिन गरिरहेको छ। समितिले उनको नागरिकता र सर्टिफिकेट नक्कली रहेकोसम्बन्धी उजुरीमा छानबिन अगाडि बढाएको हो।
गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्षमा नाम सिफारिस गरेको थियो।
मधेशी आयोगको अध्यक्षमा सिफारिस विजयकुमार दत्त, थारू आयोगको अध्यक्षमा सिफारिस भएका विष्णुप्रसाद चौधरीको सुनुवाइ भने बाँकी रहेको छ।
सुनुवाइ समितिको अर्को बैठक १४ गते दिउँसो २ बजेका लागि डाकिएको छ।
News Desk 0 response आइतवार, फाल्गुन १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
