• साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । तर पनि सिटीले अन्मिमा दुई गोल थपेको थियो । 

    १८औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३८औं मिनेटमा घरेलु टोली साल्केका लागि नाबिल बेन्टालेबले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा साल्केले फेरी अग्रता लियो । पेनाल्टीमै बेन्टालेबले अर्को गोल गर्दै साल्केको अग्रता दोब्बर बनाए । 

    ६८औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि सिटीका रक्षक निकोलस ओटामेन्डी बाहिरिएका थिए । त्यसपछि सिटीको लेरोय सानेले ८५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

    खेलको अन्तिम मिनेटमा रहिम स्टरलिङ उत्कृष्ट गोल गर्दै सिटीको जित सुनिश्चित पारेका थिए । दोस्रो लेग सिटीको मैदानमा आगामी मार्च १३ तारिख हुनेछ ।