• स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार बिहान भएको खेलमा ‘लिग लिडर’ बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो।

    यो नतिजापछि बार्सिलोनाले तालिकामा दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी ६ अंकमा सीमित राखेको छ।

    लेभान्ते र डेपोर्टिभो आल्भेसवाहेक सबै टोलीले अहिलेसमम् २३औं चरणको खेल खेलिसक्दा ५१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा कायमै छ।

    ४५ अंक जोडेको रियल म्याड्रिड दोस्रो तथा ४४ अंकसहित एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ।

    सोमबार बिहान स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजसहित मैदानमा ओर्लिए पनि बार्सिलोना घरेलु टोली बिल्बाओलाई हराउन सकेन।