• वेस्टहामको घरेलु मैदानमा सोमबार राति भएको खेमला लिभरपुल १–१ गोलको बराबरीमा रोकियो । लिभरपुलले २२औं मिनेटमा पहिलो गोल गरेको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए । 

    लिभरपुलको अग्रतालाई वेस्टहामले २८औं मिनेटमै तोडेको थियो । वेस्टहामका मिचेल एन्टोनियोले गोलगर्दै खेललाई बराबरीमा ल्याए । उनले फिलिपे एण्डरसनको फ्रिकिक पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिभरपुलले लगातार गोलको अवसर बनाएपनि गोल गर्न सकेन । मोहमद सलाह र साडियो माने पटक पटक चुक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो । 

    पछिल्ला नतिजाले प्रिमियर लिगको उपाधि होड रोचक मोडमा पुगेको छ । बराबरीसँगै लिभरपुलले २५ खेलबाट ६२ अंक बनाएको छ । ३२ अंक बनाएको वेस्टहामा १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक छ । 

    तेस्रो स्थानमा रहेको टोट्टनहमको ५७, चौथो स्थानमा रहेको  चेल्सीको ५०, पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ४८ र छैटौं स्थानमा रहेको आर्सनलको ४७ अंक छ ।