-
काठमाडौँ– चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोटेश्वर–कलङ्की सडक खण्डमा सड्क बत्ती नै छैन । सडक बत्ती नहुँदा रातिको समयमा सवारी दुर्घटना बढेको छ । पछिल्लो साता मात्र उक्त सडक खण्डमा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएर अस्पतालमा छन् ।
माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत होउ याङ्चीले विस्तारित रिङरोडअन्तर्गत कोटेश्वर–कलङ्की सडक खण्ड हस्तान्तरण गरेकी थिइन् ।
चीनले भव्य सडक हस्तान्तरण गरेको एक साता पनि नपुग्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्त कोटेश्वर–कलङ्कीमा दुर्घटना बढेको भन्दै सचेतना अभियान लिएर सडकमा पुगेका छन् ।
बाक्लो बस्ती, अस्पताल तथा निजी अफिसहरू मुख्य सडकसँगै भएको चक्रपथमा जेब्राक्रस नभएपछि पैदलयात्रीहरू जहाँबाट मन लाग्यो त्यहीबाट बाटो काट्न बाध्य भएका छन् । आकाशेपुल पर्याप्त मात्रामा नहुँदा बाटो काट्दा तीव्र गतिमा आउने सवारीका कारण ‘हिट एन्ड रन’का घटना एकपछि अर्को गरी बढ्न थालेका छन् ।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
