-
काठमाडौँ, २६ पुस-प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्ने भएको छ।
प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ।
दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ। प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै उनले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछ।
सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण
नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हालेको छ।
यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले आज एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
News Desk 0 response बिहिबार, पुस २६, २०७५
सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगत्को सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
