-
ललितपुर, २२ पुस-कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ ।
चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।
अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए। आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ ।
यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार-चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर जम्मा दुई लेनको रहेको छ ।
आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्र्याकबाट नै चालक चक्रपथमा प्रवेश गर्न पाउँछन् । उनले भने, “सर्भिस ट्र्याकबाट निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।”
अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण सकेसम्म चाँडो सक्ने योजना रहेको इञ्जिनीयर शर्माले बताए। उनले भने, “वार्षिक जति बजेट छुट्टिन्छ, त्यसैका आधारमा काम हुनेछ।”
गत मङ्सिर मसान्तमा चिनियाँ निर्माण कम्पनीले आठ लेन सडक निर्माण सम्पन्न गरिसकेको छ।
News Desk 0 response आइतवार, पुस २२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
