-
बेत्रावती, २० पुस-नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पुर्याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ ।
मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पु¥याइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए।
उनका अनुसार उत्पादन गृहमा आगोले पु¥याएको क्षतिको पूर्ण रुपमा मर्मत गर्न करीब एक साता लाग्ने देखिएको छ । “प्राविधिकले काम शुरु गरिसकेकाले मर्मतलाई तीव्र बनाएका छौँ ।” भट्टले भने, “आगोले क्षति पुगेको ब्रेकरको मर्मत गरी बन्द रहेको केन्द्र सञ्चालनका लागि प्राविधिकको टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।”
बुधबार साँझ लागेको आगलागीपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र सोही केन्द्रको सहायक योेजनाको रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रको हालको उत्पादन बन्द छ । त्रिशूली उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर लागेको आगोले ब्रेकर नं ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर क्षति भएको थियो।
News Desk 0 response शुक्रबार, पुस २०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
