-
काठमाडौँ, १२ पुस–शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन्।
ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
खेलमा पहिलो अग्रता भने च्यासलले लियो। खेलको पहिलो हाफको ३१औँ मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए, सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन् ।
त्यस्तै खेलको ४१औँ मिनेटमा पाएको पेनाल्टीलाई एपिएफका खेलाडी सुदीप शिख्राकारले सदुपयोग गर्न सकेनन्। उनले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक दिनेश थापाले विफल पारे। एपिएफका हरि कार्कीलाई च्यासलका देवेन्द्र तामाङले फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।
खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो। एपिएफका खेलाडी श्यामकुमार नेपालीले खेलको ५४औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।
खेलको ७७औँ मिनेटदेखि च्यासल १० खेलाडीमा सीमित बनेको थियो । च्यासलका गौरव बुढाथोकीले दुई वटा पहेँलो कार्डसहित रातो कार्ड पाएपछि च्यासल १० खेलाडी सीमित बनेको हो।
खेलमा ‘म्यान अफ द म्याच’ एपिएफका श्यामकुमार नेपाली घोषित भए । यस खेलसँगै एघार खेल खेलेको एपिएफले १७ अङ्क जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अङ्क भएको छ।
News Desk 0 response बिहिबार, पुस १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
