-
काठमाडौँ, १२ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताए।
नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उनले भने, “वि.सं. २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने बताए। “नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन् । भूकम्पले नोक्सान भएका धेरै सम्पदास्थल पुनःनिर्माण भइसकेका छन्”, विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बहानामा पुनःनिर्माणका कार्य रोकिने छैन ।”
पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको उनको भनाइ थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अत्याधुनिक सुविधा सम्पन्न धरहरा पुनःनिर्माणका क्रममा यसको मौलिकतालाई विशेष ध्यान दिइने जानकारी दिए।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै निर्माणका क्रममा आउने धुवाँ धुलोलाई न्यूनीकरण गरी वातावरण प्रदूषण हुनबाट जोगाउनुपर्ने विचार व्यक्त गरे। उनले धरहरा निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
निर्माण कम्पनीका प्रबन्धक रमण महतोले करीब ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुने जानकारी दिए। करीब तीन अर्ब ४८ करोडको लागतमा निर्माण पूरा हुने उक्त आयोजनाको समयावधि दुई वर्ष रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत हुने छन् ।
समाराहेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल तथा जनप्रतिनिधिलगायतको उपस्थिति थियो
News Desk 0 response बिहिबार, पुस १२, २०७५
।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
