-
काठमाडौं ९ पुस- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् ।
पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका हुन् । तरुण दल चितवनका निवर्तमान अध्यक्ष राम श्रेष्ठका अनुसार प्रधानलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ।
फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले बताए। प्रधानले तीन दिनअघि राखेको पोस्ट फेसबुकमा अहिले हटाइ सकिएको छ।
प्रधान नेपाली कांग्रेसका महासमिति सदस्य तथा लोकतान्त्रिक खेलकुद मञ्चको महासचिव पनि हुन्। नारायणगढ र मेघौलीमा उनको पर्यटकीय होटेल पनि छ।
‘प्रधान विरुद्ध उजुरी परेपछि सोधपुछका लागि ल्याएको हो। सोधपुछ भइरहेको छ। जाहेरी आएको छैन। जाहेरी आए हिरासतमा
News Desk 0 response सोमवार, पुस ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
