• कालिकोट , ९ पुस- कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँमा आगलागी भएको छ । न्यौपानेबस्तीमा आइतबार मध्यरातिमा आगो लागेको हो । आगलागीबाट ठूलो क्षति भएको छ ।

    सोमबार बिहानसम्म ३० घर जलेको स्थानियबासीले  जानकारी दिए । आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ ।
    आगो पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । थप विवरण आउन बाँकी छ ।