• कावासोती, ५ पुस-पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–९१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

    काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो। बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ।

    दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।

    उनका अनुसार घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। करीब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो।