-
काठमाडौं,४ पुस-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले वरिष्ठ क्याप्टेन विजय लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।
निगमले बुधबारबाट लागू हुने गरी क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सहायक प्रवक्तामा नवराज कोइराला नियुक्त भएका छन् । झण्डै तीन दशकदेखि निगमका जहाज उडाइरहेका लामा पछिल्ला केही वर्षदेखि १५८ सिट क्षमतायुक्त ‘ए ३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् ।
निगमको प्रवक्ता नियुक्त भएलगत्तै क्याप्टेन लामाले नेपाल वायुसेवा निगमलाई सकारात्मक सोचका साथ अगाडि बढाउनु पर्ने बताए । उनले कमी कमजोरी केहि ठाउँमा देखिए पनि विगतका गल्तीलाई सच्याउँदै सुधार गर्दै निगमलाई अगाडि बढाउने सोंचमा आफू रहेको बताए ।
News Desk 0 response बुधबार, पुस ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
