-
काठमाडौँ, ४ पुस-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा बिग्रेड ब्वाइज र पुलिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन । यस खेलसँगै नवौँ खेल खेलेको पुलिस १५ अङ्कका साथ अङ्क तालिकाको पाचौँ स्थानमा छ भने समान खेल खेलेको ब्रिगेड ब्वाइज पाँच अङ्कका साथ एघारौं स्थानमा छ ।
खेलमा शुरुवाती अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको पाँचौं मिनेटमा ब्रिगेड ब्वाइजका ऋतिक खड्काले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । उनले विदेशी खेलाडी काजिमले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।
ब्रिगेड ब्वाइजले आफ्नो शुरुवाती १–० को अग्रतालाई कायम गर्न सकेनन् । खेलको ७५औँ मिनेटमा पुलिसका अभिषेख रिजालले एक गोल फर्काउँर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले हेम तामाङको पासमा गोल गरेका थिए ।
खेलमा पुलिसका हेम तामाङ म्यान अफ द म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
News Desk 0 response बुधबार, पुस ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
