-
काठमाडौँ, ४ पुस-धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ।
आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ। यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ। खेलाडीले फर्म भर्दा न्यूनतम ३० हजारदेखि अधिकतम दुई लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन्।
फर्म भर्नका लागि डिपिएलको आधिकारिक वेब पोर्टल मा लगइन गर्नुपर्नेछ। फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ। फर्मको शुल्क एक हजार तोकिएको छ।
छ टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
News Desk 0 response बुधबार, पुस ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
