• कञ्चनपुर,२५ मंसिर — अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । 

    वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । 

    पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ । 

    पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन्
    गम्भीर हुँदै गईरहेको छ । 

    विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । 

    त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा केही बोल्न मानेको छैन । 

    अपराध स्वीकार गरे पनि डिएनए नमिलेमा उनीहरुलाई छाड्ने प्रहरी तयारी छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।