-
काठमाडौं,२५ मंसिर –संवैधानिक परिषद्को वैठक बस्दैछ । आजको बैठकले प्रधानन्यायाधीश सिफारीस र संवैधानिक निकायका पदाधिकारी रिक्तताबारे निर्णय गर्नेछ ।
प्रधानन्यायाधीश सिफारीसका लागि न्याय परिषद् सचिवालयले यसअघि नै वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । जोशीलाई यसअघि संवैधानिक परिषद्ले स्विकृत गरे पनि संसदीय सुनुवाई समितिले अस्विकृत गरेको थियो । कानुन व्यवसायीहरु बीच अहिले जोशीले प्रधानन्यायाधिस पदमा म्याच फिक्सिङ गर्ने संभाबना रहेको टिप्पणी हुन थालेको छ।
अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । सोही बैठकले विभिन्न आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । केहि दिन अघि बसेको परिषद्को वैठक काग्रेंस सभापति शेरबहादुर देउवाले पार्टीको काममा व्यस्त हुनुपर्ने र न्याय परिषद्ले गरेको सिफारिसबारे थप अध्ययन गर्नुपर्ने भनेपछि बैठक स्थगित भएको थियो ।
News Desk 0 response मङ्लबार, मंसिर २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
