• काठमाडौं,२४ मंसिर -आइतबारबाट सुरु भएको अन्तर प्रदेश परिषदको बैठक आज सकिएको छ । बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन भएको बताइएको छ ।
    कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा।युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहेका छन् ।

    उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउने संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउनपर्ने छ ।

    बैठकमा सबै मुख्यमन्त्री र सचिवहरुले आफ्ना भोगाइ र काम गर्दा उत्पन्न भएकासमस्याहरु स्पष्टसँग राखेका थिए ।