-
काठमाडौँ २३ मङ्सिर- एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ।
कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो।
जितसँगै दुई खेल खेलेको ललितपुरले २ अङ्क जोडेको छ। ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवन बीस ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १३२ रनमा समेटियो। चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे।
कप्तान पृथु बास्कोटले २६, भीम सार्कीले २१, गर्जयो स्कोटले १८ तथा जोन सिम्पसमले १३ रन जोडनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेकनन्। ललितपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो।
उसका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए भने सन्दिप जोराले २५, गौरव तामोरले ३० , जयकिशन कोल्शावालाले २०, सन्नी पटेलले १९ तथा कप्तान ज्ञानेन्द्र मल्लले ३ रन जोडे।
चितवनका जर्ज स्कटले २ विकेट लिए भने पाउल स्टर्लिङ, कमलसिंह ऐरी र ललितसिंह भण्डारीले एक एक विकेट लिएका थिए।
News Desk 0 response आइतवार, मंसिर २३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
