-
काठमाडौं २३ मंसिर-मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।
उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्याएकी हुन्। रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन्।

मिस नेपाल शृङ्खला खतिवडा यो वर्षको मिस वर्ल्ड २०१८ को टप १२ मा पुग्न सफल भएकी हुन्। चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८ औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीय खतिवडाले ११८ देशका सुन्दरीलाई पछि पार्दै १२ औं स्थान ओगटेकी हुन्।
एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भएए। टप १२ मा परेसँगै शृङ्खलाले नेपालले गरेको सपोर्टप्रति धन्यवाद दिन भुलिनन्। साथै भन्न्, ‘मलाई ट्राललिङ र यड्भेन्चर गर्न मन पर्छ। नेपाल फर्किएर म सगरमाथा चढ्ने सोचमा छु।’
टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए।

मिस नेपाल शृङखला पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् । दोस्रो चरणमा १२ मध्ये पाँच छानिएकी हुन्न।
चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्।
मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन्। आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्।
मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको थियाे । विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए।
यसरी छानिएका २५ मध्ये शृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो। शृंखलाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यो समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन्। सिसन बानियाँले शृंखलालाई भिडियो निर्माणमा सघाएका थिए।
सोमबार साँझ नै मल्टिमिडिया अवार्डको पनि घोषणा भएको थियो। नेपालकी शृंखलालाई यो विधामा भने सुरुदेखि नै दाबेदार मानिँदै आएको थियो।
सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन्। शृंखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन्। अन्नपूर्णपोष्टबाट
News Desk 0 response आइतवार, मंसिर २३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२


