-
लमही, मङ्सिर १६ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश नं– ५ का सचिव जगप्रसाद शर्माले मङ्सिर महीनाभित्र प्रदेशका तल्ला कमिटिको एकता टुङ्गिने बताएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का रणबहादुर वलीको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उनले प्रदेशमा नेकपाको एकताका लागि अहिले कसरत जारी रहेकोले यही मङ्सिरभित्र सबै टुङ्ग्याइने जानकारी गराए ।
प्रदेशमा दाङबाट २५ जना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं– ५ को प्रदेश सदस्यमा दाङबाट २५ जना परेका छन् । पूर्व एमालेका तर्फबाट १६ र पूर्व माओवादी (केन्द्र) का तर्फबाट नौजना प्रदेशमा परेका छन् ।
उहाँका अनुसारऽ पूर्वएमालेबाट जोगबहादुर राणा, रेवतीरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, सरस्वती गौतम, शारदा स्वर्णकार, टीकाराम खड्का, गिरिराज केसी, मेनका पोख्रेल, लक्ष्मण आचार्य, शिवकुमार आचार्य, सीता न्यौपाने, जीतेन्द्रमान नेपाली, तुलसा केसी, कोमल वली र गङ्गा चौधरी रहेका छन् ।
त्यस्तै पूर्वमा माओवादी केन्द्रबाट लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमकुमारी बाँठा मगर, भीमबहादुर वली, रामजी चौधरी, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामबहादुर दहित र लीला शर्मा छन् ।
News Desk 0 response आइतवार, मंसिर १६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
