-
नुवाकोट, १५ मङ्सिर- राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणका क्रममा नुवाकोट खण्डको पीपलटारदेखि ढुङ्गेसम्मको क्षेत्रमा मुआब्जा दिलाउन सरकारसँग सरोकार भएकाहरुले माग गरेका छन् ।
पीपलटारदेखि ढुङ्गेसम्मका प्रभावितलाई मुआब्जा नदिने योजना बनाई सडक योजनाले निर्माण प्रक्रिया अघि बढाएकाले स्थानीयवासीले मुआब्जा पाउनु पर्ने माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि विदुर नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ गरी सरोकार भएकाहरुको धारणा लिएको हो ।
कार्यक्रममा सहभागीले मुआव्जा विवादलाई प्रक्रियागत रुपमा टुङ्ग्याउन माग गरे । आयोजनाअन्तर्गत पीपलटारदेखि ढुङ्गेसम्म बालाजु– त्रिशूली सडक खण्ड पर्ने र सो सडक सीमा २०३४ सालको राजपत्रमा उल्लेख गरिएको भन्दै नौ किमी सडकमा मुआब्जा दिन नमिल्ने आयोजनाको धारणा सार्वजनिक भएसँगै स्थानीयवासीमा मुआब्जाको विषयमा चासो बढेको छ ।
कार्यक्रममा सांसद नारायणप्रसाद खतिवडाले सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण अघि बढाएकाले मुआव्जा वितरणमा समस्या नहुने बताए। उनले नागरिकको अधिकारका लागि सानातिना कानुनी अड्चनलाई हटाउनुपर्ने सुझाव पनि दिए।
प्रदेशसभा सदस्य केशव पाण्डेले आफ्ना माग स्पष्ट पारेर अघि बढ्न प्रभावितहरुलाई सुझाव दिँदै कानुनी रुपमा देखिएका अस्पष्टतालाई चिर्नका लागि सकारात्मक रुपमा माग राख्न उनीहरुलाई आग्रह गरे।प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले सडक आयोजना विस्तारका क्रममा बजार क्षेत्रका भौतिक संरचनामा ठूलो क्षति हुने र कतिपयका घरबाससमेत गुम्ने अवस्था रहेको बताउँदै सोको समस्या समाधान गरिनुपर्ने बततए।
नदिइने भन्ने होइनः आयोजना
योजना प्रमुख सुबोधकुमार देवकोटाले पीपलटार–ढु«ङ्गे खण्डमा मुआब्जा दिने वा नदिने कुनै पनि निर्णय नभएको जानकारी दिए उहाँले कानूनी प्रक्रिया पूरा गरी विगतका सरकारका निर्णयका आधारमा निष्कर्षमा पुगिने भएकाले अहिले नै दिइएन भन्नु हतार हुने बताए।प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सडक योजनाले नै सबै काम अघि बढाएर आफूकहाँ ल्याउने भएकाले योजनाले यसमा के कसो गर्ने हो चाँडै तय गर्नु पर्ने बताए। सरोकार समितिका संयोजक लीलानाथ न्यौपानेले मुआव्जा दिने राष्ट्रको निति हुँदाहुँदै पनि भ्रम सिर्जना गरेर नागरिकलाई अन्यायमा पार्न खोजिएको बताए।
योजनाको गल्छी–त्रिशूली–मैलुङको ४६ किमी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । हालसम्म २८ प्रतिशत काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको गल्छी–देवीघाट खण्डमा मुआब्जा वितरण शुरु भइसकेको छ । गंँगटे–ढुङ्गे खण्ड चार लेनको बनाइने भएकाले यो सडकमा मुआब्जा नदिने हो भने धेरैको उठीबास लाग्ने बट्टारका बासिन्दा सञ्जीवबहादुर श्रेष्ठले बताए। उनले एउटै आयोजनामा कतै मुआब्जा दिने कतै नदिने रणनीति नअपनाउन पनि सरकारसँग आग्रह गरे।
News Desk 0 response शनिबार, मंसिर १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
