-
काठमाडौँ, ९ मङ्सिर –महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ।
आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन्। करीब ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ।
नेपाली टोलीको चयनमा विभिन्न उत्कृष्ट ४० खेलाडीलाई क्याम्पमा राखेर छनोट गरिने आयोजकले बताएको छ। जसमा १४ खेलाडीसहित चार वैकल्पिक खेलाडी छनोट गरिनेछ। प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
News Desk 0 response आइतवार, मंसिर ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
