• काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

    बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी आज फर्कनुभएको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।

    उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

    नेपाल कात्तिक २९ गते बेलायत गएका थिए ।