-
काठमाडौँ, ४ मङ्सिर-जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन्। दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन्।
तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ। त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार-चार अङ्कका साथ लिग तालीकाको क्रमशः चौथो, पाँचौँ, छैँटौँ र सातौँ स्थानमा छन्।
दुवै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालीकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालीकाको क्रमशः नवौँ र १०औँ स्थानमा छ।
फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेडब्वाइज दुवै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छन्। उनीहरु तालीकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । दोस्रो चरणका खेल सकिएसँगै दुई दिनका लागि लिग स्थागित गरिएको छ। लिगको तेस्रो चरणका खेल बुधबारदेखि शुरु हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। मङ्सिर ६, ७ र ८ गते तेस्रो चरणका खेल हुनेछन् भने पुनः दुई दिनको विश्रामपछि १० गतेदेखि चौथो चरणका खेल हुनेछन्।
लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेडब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन्। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन्।
लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन्। लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन्। फेयर प्ले टिमले एक लाख पाउने छ।
प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई १० हजार पुरस्कार दिनेछ। लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने निर्देशक मिश्रले जानकारी दिए। ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो।
हालसम्मको अङ्क तालीका
क्रसं टोली खेल जित हार बराबर अङ्क
News Desk 0 response मङ्लबार, मंसिर ४, २०७५
१ थ्रीस्टार क्लब २ २ ० ० ६
२ मनाङमस्र्याङ्दी क्लब २ २ ० ० ६
३ त्रिभुवन आर्मी क्लब २ २ ० ० ६
४ नेपाल पुलिस क्लब २ १ ० १ ४
५ सङ्कटा क्लब २ १ ० १ ४
६ मच्छिन्द्र क्लब २ १ ० १ ४
७ एपिएफ क्लब २ १ ० १ ४
८ हिमालयन शेर्पा क्लब २ ० ० २ २
९ च्यासल युथ क्लब २ ० १ १ १
१० न्यूरोड टिम ९एनआरटी० २ ० १ १ १
११ जावलाखेल युथ क्लब २ ० २ ० ०
१२ फ्रेण्ड्स क्लब २ ० २ ० ०
१३ सरस्वती युथ क्लब २ ० २ ० ०
१४ ब्रिगेडब्वाइज क्लब २ ० २ ० ०
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
