• काठमाडौं,३ मंसिर– छातीमा अत्याधिक दुखाइ भएपछि डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।

    डा. केसीलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। सिंहका अनुसार डा केसीको अहिले सीसीयूमा राखेर उपचार भइरहेको छ।

    मनमोहन सेन्टरका डाक्टर अरुण सायमीले डा. केसीको स्वास्थ्य जाँच भइरहेको बताए।
    केसीको जाँचका केही रिपोर्टहरु आएका छन् भने केही आउने क्रममा रहेका डा. सायमीले जानकारी दिए।