-
काठमाडौँ, कात्तिक २८-स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ ।
शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो मर्मत तथा जीर्णोद्धार गरेको हो । महासमितिले विभिन्न दातृ संस्था र आन्तरिक स्रोत सङ्कलन गरी मर्मत कार्य पुरा गरेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।
त्यस क्षेत्रको २३ सम्पदामा अनन्तपुर र प्रतापपुर पुरातत्व विभागले जीर्णोद्धार गरेको हो । बहुमङ्गलद्वार चैत्य महासमितिले युनेस्कोको सहयोगमा मर्मत गरेको हो । शान्तिपुर महासमितिको खर्चमा मर्मत भइरहेको छ । महासमितिले हालसम्म करीब पाँच करोड खर्च गरिसकेको छ ।
विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रका अधिकांश सम्पदामा वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पले क्षति पुगेपछि मर्मत तथा जीर्णोद्धार गरिएको हो ।
पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार अघि बढाइएको हो । उक्त चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गरिएको महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बताए ।
महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर चार करोडको लागतमा जीर्णोद्धार शुरु गरेको दुई वर्षभन्दा धेरै भएको छ । स्वयम्भू महाचैत्यदेखि करीब ३०० मिटरको दूरीमा रहेको सो सम्पदामा तान्त्रिक गतिविधि हुने हुँदा तान्त्रिक सिकर्मी-डकर्मीको अभावले मर्मतमा ढिलाइ भएको छ ।
केही महीना अगाडि स्वयम्भूका विभिन्न १७ वटा सम्पदा मर्मत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस क्षेत्रको भ्रमण गरेका थिए । उनको भ्रमणपछि स्वयम्भू चैत्य तथा वरपर क्षेत्रका जोखिममा परेको विभिन्न सम्पदाको मर्मत भएकोले अहिले त्यहाँ पर्यटकसमेत बढ्दै गएको छन् । महाचैत्य आसपास क्षेत्रमा रहेका पुजारीका घर पनि निर्माणको प्रक्रियामा छ ।
काठमाडौँ उपत्यकासहित १४ जिल्लालाई अति भूकम्प प्रभावित क्षेत्र मानिएको छ । यस क्षेत्रका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति गरेको थियो । पुरातत्व विभागको अभिलेखअनुसार भूकम्पले ७५३ सम्पदामा क्षति पुगेको थियो ।
काठमाडौँ उपत्यकाका केही महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा अझै पनि मर्मत हुन सकेका छैनन् । पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा काठमाडौँका धरहरा, रानीपोखरी र काष्ठमण्डपलगायत केही सम्पदा विवाद कायम छ।
ऐतिहासिक सम्पदाको प्रवलीकरण तथा आवश्यकताअनुसार जीर्णोद्धार र पूर्ण जीर्णोद्धार गर्ने नीति लिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए।
News Desk 0 response बुधबार, कार्तिक २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
