-
दार्चुला, २८ कात्तिक-सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेका ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ। नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो।
गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलङ्गामा कापी झोला खरीद गर्नको लागि ल्याएका बडाललाई खलङ्गा बजारमा अलपत्र छोडेका हुन्। बङ्गाबगडमा सोमबार दिउँसो ४ बजे पुगेका बालिकालाई आफू एक छिनपछि आउने भन्दै सडक छेउमै छोडेर ठगुन्ना सम्पर्कविहीन भएको बालिकाले बताइन्।
बालिका खोज्न सोमबार रातिसम्म ठगुन्ना नआएपछि बालिकालाई प्रहरीले सडक छेउमै भेट्टाएको थियो। आफन्तसँग आएका बालिका अभिभावक नहुँदा बाटोमै अलपत्र परेको पाइएपछि उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए।
मङ्सिर १ गते विद्यालय खुल्ने भएपछि कापी र झोला किन्न भन्दै बालिकालाई काकी नाता पर्ने ठगुन्नाले खलङ्गा ल्याएको बालिका बडालले बताइन्। यहाँ आइसकेपछि काकी कहाँ गए भन्ने थाहा भएन्।
लटिनाथ मावि खारमा कक्षा ५ मा अध्ययन गर्दै आएका बडाल गरीब परिवारमा जन्मिएका बालिका हुन्। उनको घरमा चार भाइ र तीन बहिनी छन्। जसमा दाइ राजेन्द्र कक्षा ५, दिदी नरुली कक्षा ५ र नारन्ती कक्षा ५ मा लटिनाथ मावि खारमा पढ्दै आएका छन्।
यस्तै उनका भाइ मनवीर कक्षा ३, भाइ रोहित कक्षा २ र बहिनी वसन्ती कक्षा १ तथा भरत बडाल शिशु कक्षामा होपरीगाडमा अध्ययन गर्दै आएका छन्।
गरीबीका कारण बुबा भारतमा मजदूरी गर्न गएको बालिकाले बताए। प्रहरीले उद्धार गरेका बालिकाको लागि झोला, कापी कलम खरीद गरी हस्तान्तरण गरेको छ।
प्रहरीले उद्धार गरिएका बालिकालाई मामा नाता पर्ने शेरसिंह बोहरा र काकी नाता पर्ने धाना धामीलाई जिम्मेवारी लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए।
News Desk 0 response बुधबार, कार्तिक २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
